पोखरा, चैत १४ । नेकपा एमाले जिल्ला कमिटी कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनुभएको छ । एमाले कास्कीको आज सकिएको ११ औ अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका नेता बास्तोलाले ३४७ मत पाउनु भएको छ । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्षसहित सबै पदाधिकारीमा खगराज समूहको प्यानलै विजयी भएका छन् । उपाध्यक्षमा ५२७ मतसहित भेषराज बराल, सचिवमा ५९७ मत ल्याएर दर्शन लामा, उपसचिवमा ५८१ मत ल्याएर लालबहादुर परियार र ५१० मत ल्याएर सन्तु सुवेदी विजयी हुनुभएको छ ।
पृथ्वीसुब्बा समूहबाट उम्मेदवार बन्नुभएका उपाध्यक्षमा शिव आचार्य (३८८) र सचिवमा सुरेन्द्र गुरुङ (३२०), उपसचिवमा राधिका शाही योगी (३४४) र सिता परियार (३३४) मतसहित उपबिजेतामा चित्त बुझाउनु परेको छ । कास्कीमा पृथ्वीसुब्बा र खगराज समूह प्यानल बनाएरै निर्वाचनमा गएका थिए ।
प्रतिक्रिया दिनुहोस्