जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १९:४२

रास्वपाबाट इलाम-२ मा ६ जना आकांक्षी, पुराना-नयाँ सवै दल चोर हुन भन्ने पत्रकारले पनि हाले निवेदन


काठमाडौं, चैत १४ । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाको दावी गरेका छन । पार्टीले आन्तरिक रुपमा गर्ने प्राइमरी इलेक्सनका लागि ६ जना खडा भएका हुन ।

उम्मेदवारी दावी गर्नेहरुमा एक महिला र ५ पुरुष छन । पार्टीको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जारी गर्नुभएको सूचनाअनुसार गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले उम्मेदवारीका लागि दावी पेश गर्नुभएको छ ।

रास्वपाबाट उम्मेदवार बन्ने भन्दै दावी पेश गर्ने मिलन लिम्बु नेकपा माओवादी केन्द्रको जनसंगठन प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । लिम्बु केही समयअघि मात्रै माओवादी नेताहरुसँग सल्लाह गरेर पत्रकारिता क्षेत्र त्यागेको भन्दै स्वतन्त्र उम्मेद्वार बन्न सवै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

राजनीतिक दलहरु चोर हुन भन्ने सार्वजनिक घोषणा गर्नुभएका लिम्बु आफै राजनीतिक दलबाटै चुनाव लडनुपर्ने रहेछ भन्दै रास्वपामा निवेदन दिनुभएको हो । स्वतन्त्र उम्मेद्वार बन्ने घोषणा गर्नुअघि लिम्बु नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य शम्भु श्रेष्ठले सञ्चालन गर्नुभएको दृष्टि अनलाइनका सम्पादक हुनुहुन्छ । यो समाचार तयार पार्दासम्म पनि लिम्बु दृष्टि अनलाइनकै सम्पादकका रुपमा कार्यरत रहेको पिन्टलाइनको नाममा देखिन्छ ।

लिम्बुले एक महिना अघि नै पत्रकारिता त्यागेको घोषणा गरेपनि अझै कार्यरत रहेको देखिएको हो । रास्वपा सभापति रबि लामिछानेका पूर्वसहकर्मी समेत रहेको कारण सो पार्टीबाट टिकट पाउने आसामा लिम्बुले निवेदन दिनुभएको हो । रास्वपा सभापति रबि लामिछानेका पूर्वसहकर्मी रहेको कारण सो पार्टीबाट टिकट पाउने आसामा लिम्बुले निवेदन दिनुभएको हो ।

रास्वपाले प्रारम्भिक उम्मेदवारीउ परको दावी विरोध गर्ने समय चैत १४ देखि १५ गते दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको छ । पार्टीको प्रारम्भिक सर्वेक्षण भनिए पनि लामिछानेले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरिसक्नु भएको छ । चुनाव लडने घोषणा गर्नुअघिसम्म लिम्बु इलाममा चाडवाडमा आक्कल झुक्कल मात्र जाने गर्नुभएको थियो ।

इलाम २ मा यसअघि नै नेकपा एमालेले संबिधानसभा अध्यक्ष तथा इलाममा लोकप्रिय नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । सुहाङ पिताको आडमा नभई इलाममा सामाजिक काममा भिजेको तथ्य उजागर भएपछि एमालेले उम्मेद्वार बनाएको हो ।