जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार २३:०९

एमाले उदयपुरको अध्यक्षमा घिमिरे र राउतबीच प्रतिस्पर्धा, तीन जनाले लिए उम्मेद्वारी फिर्ता


उदयपुर, चैत १४ । नेकपा एमाले उदयपुरको अध्यक्षका निवर्तमान अध्यक्ष परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा उम्मेदवारी दर्ता गराएका अन्य तीन जनाले फिर्ता लिएपछि घिमिरे र राउतबीच प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा मनोनयन दर्ता गराएका बिमल कार्की, गोपालबहादुर खत्री र खड्गबहादुर परियारले उम्मेदवारी फिर्ता लिनुभएको छ । यस्तै उपाध्यक्षमा निवर्तमान सचिब तथा चौदण्डिगढी नगरपालिकाका मेयर कालुमान लामा, निवर्तमान उपसचिब भरतबहादुर थापा र कोसी प्रदेश कमिटीका पूर्वसदस्य दिलबहादुर तामाङको मनोनयन दर्ता भएको छ ।

सचिव पदमा निवर्तमान उपसचिव टेकबहादुर राउत, प्रदेश कमिटीका पूर्वसदस्य शम्भु पौडेल र जिल्ला कमिटी सचिवालय सदस्य महेश रोकाले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी उपसचिव खुलातर्फ हेमबहादुर खड्का, जिवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै उपसचिव महिलामा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, कटारी नगरपालिकाका उपमेयर गिता खड्का र गंगा राईको मनोनयन दर्ता भएको छ । सदस्यहरुमा पनि आवश्यकभन्दा तेब्बर बढी उम्मेदवारी मनोनयन भएको निर्वाचन कमिटीले जानकारी दिएको छ । अधिवेशनबाट सदस्यमा भरत खडका, रेनु पराजुली र बन्दना दनुवार निर्बिरोध निर्वाचित हुनुभएको छ ।