janatatimes

१५ चैत्र २०८०, बिहीबार १०:०१

टोपबहादुर रायमाझीको मुटुमा समस्या, २४ घन्टा चिकित्शकको निगरानीमा राखियो


काठमाडौं, चैत १५ ।  नक्कली भुटानी शरणार्थी काण्डमा जेलमा परेका नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

बुधवार राती रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । उहाँलाई चिकित्सकको निगरानीमा राखिएको छ । रायमाझीको मुटुमा समस्या उक्त सेन्टरमा भर्ना गरिएको थियो ।

रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले रायमाझीलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताउनुभयो । “उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो”, डा पौडेलले भन्नुभयो, “अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।”