जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १५:२७

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा


काठमाडौं, १५ चैत । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । अर्यालले आज राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।

नयाँ सत्ता समीकरणमा अध्यक्ष मावोवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहनुभएको अर्यालले राजीनामा दिनुभएको हो । राष्ट्रिय सभाको उपाध्यक्षमा यसअघि एमालेको दाबि रहेपनि एकीकृत समाजवादीले दाबि गरेपछि एमालेले छोडेको थियो ।