जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १९:४०

डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय


काठमाडौं, १५ चैत । सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा पर्नुभएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा. लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस भएको थियो । डा. लम्साल सुदूरपश्चिम प्रदेशको कायम मुकायम (कामु) प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत रहनुभएको थियो ।