जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार २०:३४

बाग्मतीमा पनि पुग्यो सत्ता गठबन्धनलाई बहुमत, सरकारमा सहभागी भयो हानेपा


हेटौंडा, १५ चैत । बागमती प्रदेश सरकार विस्तार भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गर्नुभएको हो । बज्राचार्यले आजै मन्त्री पदको शपथ लिनुभएको छ ।

अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ । ११० सदस्यीय बागमती प्रदेशमा हालको नयाँ सत्ता समीकरणसँग ५५ सिट मात्र रहेकाले २ सिट रहेको हानेपा निर्णायक रहेको थियो ।