जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार २०:५८

बाबुको किरियामा बसेका दाजु–भाइले दिए एसईई


स्याङ्जा, १५ चैत । बाबुको किरियामा बसेका दाजु–भाइले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनुभएको छ । पुतलीबजार नगरपालिका–४ स्थित सरस्वति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट संगम क्षेत्री र सौगात क्षेत्रीले अंग्रजी विषयको परीक्षा दिनुभएको हो । बाबुको किरिया बसेको चौथो दिने आज अंग्रेजी विषयको पहिलो परीक्षा दिनुभएको संगमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर हो ।

फेदिखोला गाउँपालिका–४ का बासिन्दा उहाँहरू सिदार्थ मावि फेदिखोलाको विद्यार्थी हो । शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा ४ हजार ९९ जना परीक्षार्थी सहभागी भएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिनको परीक्षामा १९ छात्रा र १६ छात्रगरी कूल ३४ जना विद्यार्थी सहभागी हुनुभएको थियो । स्याङ्जामा रहेका १ सय ६८ विद्यालयका ४ हजार १३३ परीक्षार्थी स्याङ्जा जिल्लाका २६ वटा केन्द्रबाट परीक्षा दिँदै हुनुहुन्छ ।