जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार ११:२८

सभामुख घिमिरे फर्किए स्वदेश


काठमाडौं, १६ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किनुभएको छ । अन्तर–व्यवस्थापिका सङ्‍घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किनुभएको हो ।

महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभूवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको उपस्थिति बलियो रहेको जनाउनुभयो । अन्तर व्यवस्थापिका सङ्‍घको १४८औँ महासभा जेनेभा, स्वीजरल्याण्डमा २३ मार्च देखी २७ मार्चसम्म भएको थियो ।