जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १३:०१

आयरल्याण्ड वोल्भ्सविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल ए


काठमाडौं, १६ चैत । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल आज हुँदैछ । यस खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला ब्याटिंग गर्ने भएको छ । यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार आज पहिलो खेल हुन थालेको हो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी–२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।