जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १६:४९

केन्द्राध्यक्ष र गार्डकै सहयोगमा प्रश्नपत्र बाहियो


सिरहा, १६ चैत । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रोदिन नेपाली विषयको प्रश्नपत्र परिक्षा संचालन भएको १० मिनेट नबित्दै बाहिरिएको पाइएको छ । जिल्लाको विभिन्न् परिक्षा केन्द्रबाट परिक्षा संचालन भएको १० मिनेट नवितिदै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको हो । परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिरिएको थियो । गोलवजार नगरपालिका–८ स्थितको श्री जनता नमुना माध्यमिक चोहर्वामा मोबाइल लिएर भित्र पसेका विद्यार्थीहरुले समाजिक संजाल ह्वाटस्एप मार्फत परिक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको स्थानीयहरु बताउँछन् ।

यस परिक्षा केन्द्रमा ४ वटा निजि विद्यालय भिजन एजुकेश्नल एकेडेमी गोलबजार, सिरहा पब्लिक स्कुल नयाँ चौक चोहर्वा, चन्द्र ज्योती सेकेन्ड्री बोडिङ स्कुल रामनगर मिर्चैया, सिद्धान्त शिक्षा निकेतन कर्जन्हा र समुदायीक विद्यालय श्री जनता माध्यमीक विध्यालय डण्डाको परिक्षा केन्द्र रहेको छ । त्यसैगरी, गोलवजार नगरपालिका ४ स्थितको जनता माध्यमिक माध्यमिक विद्यालय (प्राविधिक) परिक्षा केन्द्रबाट मोवाइल सहित एकजना छात्रालाई नियन्त्रनमा लिएको छ । सुखिपुरको श्री रजै जनक माध्यमिक विद्यालय, बल्हीका एकजना विद्यार्थीले परिक्षाहल भित्र मोवाईलबाट प्रश्नपत्र वाहिर पठाउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

शारदा माध्यमिक विद्यालय रामपुर विर्ताबाट एकजना जना नक्कली विद्यार्थी फेलापरेको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) संतोष आचार्यले जनाउनुभयो । उहाँले नक्कली परिक्षार्थी भएर परिक्षा दिइरहेको अवस्थामा स्थानिय अर्जुन महरालाई नियन्त्रनमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘माध्यमिक शिक्षा परीक्षा (एसइई) को आज दोस्रो दिन जिल्लाका ४ वटा परिक्षा केन्द्र कल्याणपुरको रामदुलारी माध्यमिक विद्यालयबाट मोवाइल प्रयोग गरिरहेका ८ जना विद्यार्थीलाई परिक्षा केन्द्र वाहिर निकालिएको छ ।

श्री लनकौ मा.वि. नहरा रिगौलबाट परिक्षाहलमा आत्याधिक मोवाईल फेला परेपछि दुइ जना गार्डलाई बाहिर निकालिएको छ ।’ जिल्ला भरीमा ४३ वटा परिक्षा केन्द्रमा ७ जना नेपाल प्रहरी र ७ जना शसस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । ६ सय दुइ जना प्रहरीलाई परिक्षा केन्द्र र १ सय जना सुरक्षाकर्मीलाई रिजर्भमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी आचार्यले जनाउनुभयो । सयौँको संख्यामा सुरक्षाकर्मी खटाइएपनि प्रश्नपत्र बाहिरिनुले परिक्षा केन्द्रका केन्द्राध्यक्षलगायत सरोकारवाला निकायको मिलोमतो रहेको पुष्टि हुन्छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा निर्भिक्ताका साथ प्रश्न पत्र बाहिर ल्याई चिट चोरी गराउन नियामक निकायलाई १० लाख रुपैया दिएको नाम नखोल्ने शर्तमा एक निजि विद्यालयका संचालकले बताएको छ । उहाँले भन्नुभयो,‘निजि विद्यालयहरुले पायकपर्ने ठाउँमा परिक्षा केन्द्र पार्न देखि निर्भिक चिठचोरी गर्नदिने सहमतीमा उक्त रकम दिइएको जानकारी पायौं ।’ जिल्लाका सबै निजि विद्यालयहरुले परिक्षा केन्द्रका केन्द्राध्यक्ष, प्रहरी प्रशासन, शिक्षा विकास तथा समन्वय इकाईको अधिकारी लगायतका सरोकारवाला निकायहरुसंग सेटिङ मिलाउन मोटो रकमको चलखेल गरेको जानकारहरु बताउँछन् । निजि विद्यालयहरुले विद्यार्थीसंग सरोकारवाला निकायहरुलाई मिलाउन र परिक्षा केन्द्रमा सेटिङ गर्न ३ हजार देखि पाँच हजारसम्म असुली गरेको उनीहरुको भनाई छ ।