जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १७:१२

सुदूरपश्चिम सरकार छोड्न नाउपाकी अध्यक्ष रञ्जिताको लिखित निर्देशन


काठमाडौं, १६ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिनुभएको छ । आज अध्यक्ष रञ्जिताले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सरकार छोड्न लिखित निर्देशन दिनुभएको हो ।

टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उहाँले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनीसमेत दिनुभएको छ । पार्टीका संरक्षक रेशम चौधरीको निर्देशनमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ सांसद मन्त्री बन्नुभएको छ ।