जनता टाइम्स

१७ चैत्र २०८०, शनिबार ०८:२०

गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो


चितवन, १७ चैत । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ ।

आज बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्याक्सीमा चालकसहित ५ जना यात्रु रहेको अनुमान गरिए पनि यकिन संख्या थाहा छैन ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजी थालेको छ ।