जनता टाइम्स

१९ चैत्र २०८०, सोमबार १८:३५

हल्लाको पछाडी नलागौं, पार्टी कसैको पेवा होइन : रेशम चौधरी


काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टी .(नाउपा) का संरक्षक पार्टी कसैको पेवा नभएको टिप्पणी गर्नुभएको छ । आज पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्बजनिक भएपछि टिप्पणी गर्दै चौधरीले अनावश्यक हल्लाको पछाडी नलाग्न आग्रह गर्दौ चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्यो ? ज्यान मार्ने धम्कि कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौँ । अनावश्यक हो, हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचान बादीहरुको साझा आवाज हो ।’

नाउपाको आज अनामनगरस्थित पार्टी कार्यालयमा चौधरी समर्थक केन्द्रीय सदस्यले अध्यक्ष रन्जिता समर्थक केन्द्रीय सदस्यलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।