रुकुम पश्चिम, चैत २० । नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन हुनुभएको छ ।
सोमवार सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट देवकोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको हो । अधिवेशनबाट ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।
जसको उपाध्यक्षमा मनवीर घर्ती मगर, सचिवमा शशीराम नेपाली र उपसचिव द्वयमा ब्युझना पुन र तिलक बस्नेत चुनिनुभएको छ । त्यस्तै अधिवेशनबाट लेखा समितिको अध्यक्षमा पलबहादुर खड्का र सचिवमा कृष्णभक्त ओली चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन चैत १६ गते पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्