जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार १६:४०

रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन : अध्यक्ष रन्जिता


काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताउनुभएको छ । आज श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गर्नुभएको हो ।

उहाँले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उहाँले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताउनुभएको छ । रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गर्नुभएको थियो । रेशम चौधरीले समेत चैत्र २३ र २४ गते बस्ने बैठकले नै पार्टीको विवाद बारे निर्णय गर्ने बताउनुभएको थियो ।