जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार १६:४६

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य


काठमाडौं, २० चैत । नेपालले बरोडा क्रिकेट एसोसियसनको टिमलाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९९९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए ।

त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए । बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।