जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार १६:४९

माओवादी नेता कालीबहादुर खाम पक्राउ


काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

तत्कालीन जनयुद्धका कमाण्डरसमेत रहेका खाममाथि श्रेष्ठको अपहरण गरी हत्या गरेको आरोप छ । माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी फरार रहँदै आएका थिए । यो घटना २०६५ मा भएको थियो ।