काठमाडौं, चैत २० । उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्षविहीन बनेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
भोलि ४ बजे बस्ने पदाधिकारी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने महतको भनाई छ । ‘पार्टीभित्र धेरै उम्मेदवारहरू देखिएका छन्। सबैलाई सम्झाएर निष्कर्षमा पुग्ने भएर आज निर्णय भएन। भोलि ४ बजे बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने छ,’ प्रवक्ता महतले भन्नुभयो ।
निर्वाचन आयोगले वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ तर्फ उपनिर्वाचन गर्दैछ। त्यसका लागि चैत २४ गते मनोनयन गर्ने कार्यतालिका रहेको छ। नेताहरुले सिफारिश भएका नाममा चर्काे बिवाद र बहश गरेपछि बैठक निश्कर्षहीन बनेको हो ।
प्रतिक्रिया दिनुहोस्