जनता टाइम्स

२१ चैत्र २०८०, बुधबार १७:३४

सर्वोच्चको इजलासमै शंकास्पद वस्तु सेवन !


काठमाडौं, २१ चैत । सर्वोच्च अदालतको इजलासमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गर्नुभएको हो । आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको आरतीले शंकास्पद वस्तु सेवन गर्नुभएको हो ।

त्यसपछि उहाँलाई तुरुन्तै उपचारका लागि वीर अस्पताल लागिएको छ । अहिले उहाँको अवस्था भने समान्य रहेको बताइएको छ ।

आरतीले श्रीमानले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला, उच्च हुदै सर्वोच्चमा पुग्नुभएको हो । गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । पछि उहाँ धरौटीमा रिहा भएका थिए । उहाँले आफूमाथि बलात्कार भएको दाबी गर्दै उहाँले श्रीमानविरुद्ध जाहेरी दिएकी थियो ।