जनता टाइम्स

२२ चैत्र २०८०, बिहीबार ००:१६

एमालेमै फर्किए नेकपा एस चितवनका प्रभावशाली नेता


चितवन, चैत २२ । चितवनमा नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेताहरु सो पार्टी त्यागेर एमालेमै फर्किएका छन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नेकपा एकीकृत समाजवादीका १९ जना नेता कार्यकर्ता बुधवार एमालेमा प्रवेश गरेका हुन ।

नेकपा एमाले रत्ननगर वडा नं ९ वडा कमिटीले बुधबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीका नगर सचिवालय सदस्य मनबहादुर थापामगरसहित १९ जना स्थानीय कार्यकर्ता एमालेमा प्रवेश गर्नुभयो ।

एमालेका नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्यालले पूर्वजनप्रतिनिधि थापामगरको नेतृत्वमा रामसिंह चौधरी, गायत्री विक, भीमबहादुर थापामगर, सरस्वती बुढाथोकी, टंकप्रसाद सुवेदी, जनबहादुर दराई र रमेश कुमाल एमालेमा प्रवेश गर्नुभएको हो ।

यस्तै सीताराम महतो (पुसना), नारायण पराजुली, सीता दराई, अंजु पराजुली, मणिराम महतो, आइतराम कुमाल, सुयोग लामिछाने, मनिष लामा, प्रकाश कुमाल, शान्ति चौधरी, शुष्मा श्रेष्ठलगायत १९ जना नेता एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले पार्टीमा स्वागत गर्नुभयो । वडा कमिटी अध्यक्ष लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, नेता सूर्य शर्मा लामिछानेले प्रशिक्षण दिनुभएको थियो ।