झापा, चैत २२ । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिबेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुको शपथग्रहण र प्रमाणपत्र बितरण सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा प्रेमबहादुर गिरी, उपाध्यक्षमा शिव ढुंगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी र अनिता कन्दङ्वा सर्वसम्मत घोषणा गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको अधिवेशनमा अध्यक्षमण्डलका अध्यक्षसहितका सदस्यहरुले आकांक्षी सवैलाई एकएक छलफल गरी सम्झाएर सर्वसम्मत रुपमा नेतृत्व घोषणा गरेको थियो ।
सर्वसम्मत घोषणाका लागि तोकिएभन्दा निकै समय लागेको थियो । जति समय लागेपनि सर्वसम्मत घोषणा गर्ने अडानमा अध्यक्षमण्डल बसेपछि प्रतिनिधि र आकांक्षीहरुले सहमति जनाएका हुन ।
प्रतिक्रिया दिनुहोस्