janatatimes

२३ चैत्र २०८०, शुक्रबार ०८:१०

होस्टलको ५ तला माथिबाट किन हाम फालिन नर्सिङ पढ्दै गरेकी यी युवती ?


दोलखा, चैत २३ । सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन ।

दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

पोखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी र बुधबार मात्र चरिकोट फर्किएकी कलेजका सञ्चालक पृथ्वीबहादुर श्रेष्ठले जानकारी दिनुभयो। घरबाट आएको भोलिपल्टै अधिकारीले होस्टलको पाँचौ तलाबाट हाम फालेको र अवस्थामा गम्भीर भएकोले उपचारार्थ काठमाडौं लगिएको श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार ती युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी थिइन्। अवस्था गम्भीर रहेकोले काठमाडौं रिफर गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताउनुभयो ।