दाङ, चैत २३ । लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएसँगै आजै नेकपामाओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने हुनुभएको छ ।
बिहीबार प्रदेशसभामा राजीनामा घोषणा गर्नुभएका मुख्यमन्त्री चौधरीले इमेलमार्फत प्रदेशप्रमुखसमक्ष राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको प्रदेश प्रमुखकोसचिवालयले जनाएको छ ।
सत्तारुढ दलहरुले माओवादी संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकारगठनका लागि ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका छन ।
एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभासदस्यसहित ४४ जनाको हस्ताक्षर संकलन गरेर दावी पेशका लागि तयारी अवस्थामा राखिएको छ ।नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्यले पनि समर्थन गरेका छन ।
प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक गुनाराम घिमिरेले शुक्रबार मुख्यमन्त्री नियुक्त गर्ने गरीप्रक्रिया अघि बढेको बताउनु भयो । मुख्यमन्त्रीको राजीनामा र नयाँ मुख्यमन्त्रीका लागि दाबीआइसकेको उनले बताउनु भयो।
महरालाई समर्थन गर्ने विषयमा माओवादीका स्वयं महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासीपश्चिम निर्वाचन क्षेत्र २९१० बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ७ बुँदे सहमतिपनि गर्नुभएको छ ।
सहमतिपत्रमा प्रदेश सरकारबाट गरिने राजनीतिक नियुक्ति सरकारमा सहभागी दलहरूको अपनत्वहुने गरी गर्ने, प्रदेशको पहिचान कायम गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटकोप्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागीदलहरूको नेतृत्व पंक्तिमध्येबाट एक निर्देशक समिति निर्माण गरी कार्यसम्पादन गर्ने नीति अवलम्बनगर्ने उल्लेख छ ।
माओवादीका स्थायी समिति सदस्यसमेत रहेका महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचितभएका हुनुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने महरा रोल्पाको सुनीलस्मृतिगाउँपालिका–५ का स्थायी बासिन्दा हुनुहुंछ । २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमालागेका उहाँले २०७९ माघमा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेशसरकारमा झन्डै ३ महिना अर्थमन्त्रीको जिम्मेवारी साम्हालनु भएको थियो।
यस्तो छ भागवण्डाको सहमति
लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाईसमेतसरकारमा सहभागी गराउने सहमति छ ।
नयाँ राजनीतिक समीकरणको आधारमा सरकार बनाउन समर्थन गर्ने जनता समाजवादी पार्टी(जसपा)नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी(नेकपा एस)सहित स्वतन्त्र सांसद खड्ग बस्नेतलाईसमेत मन्त्री बनाउने गरी दलहरूको बिचमा लिखित सहमति गरेका छन् ।
जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित शहरी विकास तथा पर्यटनमन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको बैठकमा सहभागी एक नेताले दावी गरे ।
लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित दश वटा मन्त्रालय छन् । तर, मन्त्रालयको संख्या १२सम्म पुर्याउने र बाँकी रहेका दलहरूलाई पनि सरकारमा सहभागी गराउने योजना बनाइएको छ ।
जस अनुसार नेकपा एमालेलाई ५ , माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालयसाना राजनीतिक दलहरूलाई दिनेगरी तयारी गरिएको छ । पहिलो चरणमा सबै दलबाट एकएक जनामन्त्री बनाइने सहमति गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्