जनता टाइम्स

२३ चैत्र २०८०, शुक्रबार १४:४७

माछापुच्छ्रे बैंकले गर्यो क्रस बोर्डर भुक्तानीका लागि सम्झौता


काठमाडौं, चैत २२ । डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उद्धेश्यले विभिन्न योजनाहरु ल्याइरहेको माछापुच्छ्रे बैंक लिले हालै नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पेसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।

फोन पेसँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपिआई–इलाब्लेड एप्स (UPI-enabled apps) को प्रयोगद्धारा आफूले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोनपे नेटर्वक आवद्ध माछापुच्छ्रे बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । तथा सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ ।

साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग पार्टिसिपेशन  participating तथा Settlement बैंक साझेदारीसमेत गरेको हो । यस सम्झौता अनुरुप उक्त सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि युपिआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सिधै पैसा पठाउन सक्नेछन ।

नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतीय रुपैयाँँ र मासिक १ लाखसम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । यसैगरी भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपिआई–इनाब्लेड एप्स (UPI-enabled apps) प्रयोग गरेर भारतको नियामक निकायले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको युपिआई ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन ।

हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रतिकरोवार भारु दुईलाखसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ पटकभन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रतिकरोवार भारु पचास हजार पठाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थीक कारोबारको सहजीकरण रसमग्र डिजिटल बैंकिङ्ग कारोबारमा टेवा पुर्याउने लक्ष्य लिएको जनाएको छ ।