काठमाडौं, चैत २३ । प्रभु बैंक र र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सम्झौता भएको छ । बैंक र गण्डकी ट्याक्सी ब्यवसाय प्रालिबीच बिहीवार संझौतापत्रमा हस्ताक्षर भएको हो ।
यो सहमतिसँगै सो प्रालिमा आबद्ध भएका ट्याक्सी ब्यवसायीहरुको प्रभु बैंक लिमिटेडमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आप्mनो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराइनेछ ।
उक्त सम्झौतामा प्रभु बैंक लिमिटेडका गण्डकी, प्रमुख व्यबसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसाय प्रालिको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उक्त कार्यक्रममा फोन पेको तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकसँग रहेको प्रभु बैंकद्धार उपलब्ध गराईएको क्युआर मार्फत् विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । बैंकले जनाएअनुसार गण्डकी ट्याक्सी ब्यबसाय प्रालिमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराईएको छ ।
निकट भविष्यमा अन्य ३ सय ५० भन्दा बढी चालकहरुलाई उपलब्ध गराईने कार्यक्रम रहेको छ । कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिट कार्ड तथाअन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्रसहित चेतनामुलक सामाग्री प्रस्तुती गरिएको थियो ।
पर्यटकीय राजधानीे पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्यूतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बिश्वास लिइएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्