जनता टाइम्स

२४ चैत्र २०८०, शनिबार १५:१३

५ सय मान्छे जम्मा गरेर प्रहरीमाथि ढुंगा हान्न लगाइ गाडी चढेर भागे राजेन्द्र महतो, प्रहरीले गर्यो लाठी चार्ज


काठमाडौं, चैत २४ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए । महतो नेतृत्वको अभियानले नेवाः लगायत नेपालका राज्यविहीन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न भन्दै वसन्तपुरमा भेला भई तिं ख्यः(खुल्ला मञ्च)जाने कार्यक्रम तय भएको विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।

महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको अराजक शैलीपछि प्रदर्शनमा प्रहरीले लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको हो । दुई पक्षबीच हानाहानको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर भाग्नुभएको थियो।