काठमाडौं, चैत २४ । नेकपा एमाले महोत्तरी–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा शशीकुमार शर्मा चयन हुनुभएको छ । आज सम्पन्न १२औं अधिवेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो ।
अधिवेशनले उपाध्यक्षमा प्रकेश पोखरेल, सचिवमा सञ्जीवकुमार जोशी, सहसचिवमा सुशिलकुमार यादव र कोषाध्यक्षमा अरुणकुमार यादवलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा दिपककुमार यादव, डार्बिनबाबु दाहाल, मनोज यादव, अञ्जन पोखरेल, अमितकुमार यादव चयन हुनुभएको छ ।
यसैगरी अधिवेशनबाट सदस्यमा चयन हुनेमा प्रविण धिमाल, चन्देश्वर नारायण झा, डा. आनन्द सिंह, सुभाष यादव, सञ्जय जोशी र भाष्करराज चौहान हुनुहुन्छ । अधिवेशनले सल्लाहकार समितिसमेत गठन गरेको छ । जस्को संयोजकमा देवेन्द्र गौतम तथा सदस्यहरुमा गिरिजा नन्दन मिश्र, रामवुजन शाह, महेन्द्र श्रेष्ठ, राजेन्द्र कोइराला, मनोज सिंह र पदम उपाध्य रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्