म्यानमार, चैत २५ । म्यानमारको सैन्य शासकले अर्को एक ठूलो हारको सामना गर्नु परेको छ । तीन वर्ष अघि सत्ता कब्जा सैन्य साशकले अर्काे शहरमा हारको सामना गर्नुपरेको छ ।
पछिल्लो पटक थाइल्याण्डसँग सिमाना जोडिएको म्यावड्डी शहरको रक्षाका लागि तैनाथ म्यानमारको सेनाले त्यहाँका विद्रोहीहरुसँग आत्मसमर्पण गरेका छन । केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो स्थानबाट विद्रोहीहरुले सेनाको टोलीलाई लखेटेका थिए ।
अहिले फेरि अर्को एक म्यावड्डी शहरलाई विद्रोहीहरुले आफ्नो कब्जामा लिन सफल भएका हुन । थाइल्याण्डसँग म्यानमारको अधिकांश स्थल व्यापार यही म्यावड्डी शहर हुँदै हुने गर्दछ । यहाँ सरकारी सेनाले विद्रोहीहरुसमक्ष आत्मसमर्पण गर्नु सैन्य शासकका लागि ठूलो धक्का भएको अन्तराष्ट्रियसमाचार एजेन्सीहरुले जनाएका छन ।
बीबीसीका अनुसार ती सैनिकहरु हप्तौंदेखि म्यानमारका क्यारन विद्रोही र सैन्य कूको विरोध गर्ने अन्य संगठनहरुसँग लडिरहेका थिए । तर गत शुक्रबार क्यारन नेशनल युनियन सामु सेनाको एक बटालियनलाई आत्मसमर्पण गरेको छ ।
क्यारन विद्रोहीहरु म्यावड्डी शहरमा तैनाथ एक बटालियन सेनाको नेतृत्वसँग वार्तामा बसेका थिए । त्यो वार्तापछि सेनाको टोली आत्मसमर्पणका लागि तयार भएको बीबीसीले जनाएको छ ।
क्यारन विद्रोही संगठनले आफ्ना उत्साहित लडाकुहरुको भिडियो पोष्ट समेत गरेको छ । उक्त भिडियोमा विद्रोही लडाकुहरु सेनाबाट कब्जा गरिएका हतियारहरु प्रदर्शन समेत गरेका छन ।
प्रतिक्रिया दिनुहोस्