गणेश बस्नेत

२५ चैत्र २०८०, आईतवार ०९:५०

एकाएक डाउन भयो सरकारी वेबसाइट


काठमाडौं, २५ चैत्र । सरकारी वेबसाइट डाउन भएको छ। आज बिहान आठ बजेदेखि वेबसाइट चलेको छैन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले डोमेन नेम सिस्टम (डीएनएस) मा समस्या आउँदा सरकारको एकीकृत डेटा सेन्टर (जीआईडीसी)मा होस्ट भएका साइट डाउन भएको बताउनुभयो।

उहाले अहिले समस्या समाधानको प्रयास भइरहेको जनाकारी दिनुभयो ।