जनता टाइम्स

२५ चैत्र २०८०, आईतवार १७:२८

नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन कहाँ गरियो ?


काठमाडौं, २५ चैत । नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आज न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो ।

पदस्थापन हुने न्यायधीशहरुमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई उच्च अदालत विराटनगरको रजिष्ट्रार, मुकुन्द आचार्यलाई उच्च अदालत पोखराको रजिष्ट्रारमा पठाइएको छ ।

विमला रेग्मीलाई महान्यायाधिवक्ताको कार्यालयमा उप न्यायाधिवक्ता, पुष्पराज पाण्डेलाई बाजुरा अदालतको श्रेस्तादार, शिवबहादुर थापा पाल्पा जिल्ला अदालतको श्रेस्तादर, महेन्द्र बहादुर कार्कीलाई सर्वोच्चको उपरजिष्ट्रार, दिपक घिमिरेलाई उर्जा मन्त्रालयको कानुन अधिकृत र फणेश्वरी घिमिरेलाई सर्वोच्चको इजलास अधिकृतमा पठाइएको छ ।