दाङ, २५ चैत । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र एमालेबीच गठबन्धन हुन जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले आइतबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले आफुले कांग्रेस र एमालेको नयाँ गठबन्धनको सम्भावना देखेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘मुलुकमा नयाँ राजनीतिक समीकरणको सम्भावना मैले देखिरहेको छु, यो समीकरण नेपाली कांग्रेस र एमालेका बिचमा हुने छ, र यो गठबन्धन हुने उच्च सम्भावना छ ।’ यो सरकार धेरै दिन नचल्ने दाबि गर्दै कोइरालाले यसको विकल्पको रुपमा कांग्रेस र एमालेबीचको समीकरण नै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘मुलुकमा स्थायित्व आवश्यक छ, यो स्थायित्वका लागि कांग्रेस र एमाले बिच गठबन्धन हुनु जरुरी छ । यसर्थ यो गठबन्धनको अपरिहार्य म देख्छु ।’ कांग्रेस एमालेका बिचमा नयाँ समीकरण निर्माण गर्ने सवालमा अहिले छलफल समेत भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्