काठमाडौं, चैत २५ । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदरकुमार न्यौपाने सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर हुनुभएको छ ।
विशेष अदालतका अध्यक्षसमेत रहेका टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले आइतबार आरोपी ९ जनामध्ये न्यौपानेलाई दोषी ठहर गर्दै ८ जनालाई सफाइ दिएको छ ।
न्यौपानेले नेपाल इन्जिनियरिङ कलेजको नामसँग मिल्ने गरी कम्पनी रजिस्ट्रार कार्यालयमा आफ्नो नाममा नयाँ कम्पनी दर्ता गरेको र कलेजको चलअचल सम्पत्ति र दायित्व उक्त कम्पनीमा सार्ने प्रयत्न गरेको ठहर विशेष अदालतले गरेको छ ।
न्यौपानेलाई सजाय हुन भने बाँकी छ । त्यसको लागि आगामी २०८१ बैशाख १६ गतेलाई पेशी तोकिएको छ ।













प्रतिक्रिया दिनुहोस्