जनता टाइम्स

२५ चैत्र २०८०, आईतवार २३:५९

एमाले स्याङ्जाको अध्यक्षमा गैरे चयन, पदाधिकारी पनि सबै सर्वसम्मत


स्याङ्जा, चैत २५ । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे (पारस) निर्विरोध निर्वाचित हुनुभएको छ ।

एमाले जिल्ला कमिटी स्याङ्जाको नवौं जिल्ला अधिवेशनबाट गैरे अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो । अधिवेशनमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो ।

एमाले केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार अधिवेशनबाट पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र तिलमाया गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उदघाटन चैत २३ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । अध्यक्ष ओलीले उदघाटन गर्नुभएको जिल्लामा अहिलेसम्म चुनाव भएको छैन । स्याङ्जा ले पनि अध्यक्षको मान राखेको हो । चुनाव हुने देखिएको जिल्ला अधिवेशनको उदघाटनमा अहिलेसम्म अध्यक्ष ओली जानुभएको छैन ।