गणेश बस्नेत

२६ चैत्र २०८०, सोमबार ०७:४२

उपनिर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन


काठमाडौँ, २६ चैत्र ।  आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ । आयोगले आज अपराह्न ५ बजेसम्म कुनै उम्मेदवारविरुद्ध उजुरी परेको भए सो उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

भोलि उम्मेदवारले चाहेमा नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको कार्यक्रम छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ प्रदेशसभा–१ मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।