जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार ०९:३४

सभामुखले बोलाए प्रधानमन्त्रीसहित चार दलको शीर्ष नेता, यस्ता छन एजेण्डा


काठमाडौं, चैत २६ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग एकसाथ छलफल गर्न लाग्नुभएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानविन समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुख घिमिरेले आज प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो । संसदमा सांसदहरूले उठाएका विषयलाई सम्बोधन गर्नका लागि सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो ।

बैठक आज बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ । पछिल्लो समय नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारीमा संलग्नताको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दैआएको छ । प्रतिनिधि सभा बैठक मंगलबार बस्दैछ ।

छलफलका लागि सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसहित सत्तारुढ नेकपा एमालेसंसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा ररास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई आमन्त्रण गर्नुभएको छ । सत्तारुढ दल सत्ता गुमेको प्रतिशोधमा कांग्रेसल संसदीय छानविन माग गरेको भन्दै अस्वीकरा गर्र्दै आएका छन भने कांग्रेस समिति गठनलाई बटमलाइन बनाएर बसेको छ ।