जनता टाइम्स

२९ चैत्र २०८०, बिहीबार १९:३७

मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेको बिचारले निर्देशित गर्दै आएको छ : सचिव अर्याल


रुकुमकोट, चैत २९ । नेकपा (एमाले) सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका हरेक परिवर्तनको नेतृत्व नेकपा एमालेको बिचारले निर्देशित गर्दै आएको बताउनुभएको छ । एमाले रुकुम पुर्वको नवौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले २०४६/०४७ सालको आन्दोलनमा खेलेको भुमिका होस कि २०५२ सालदेखी सुरु भएको युद्ध ठिक होइन, शान्तिपुर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने बिचार होस या २०६२/०६३ सालको जनआन्दोलन तथा संविधान जारी गर्ने कुरामा नेकपा एमालेको नीति र बिचार अनुसार सफल भएको बताउनुभएको हो ।

उहाँले नेकपा एमाले पहिचान बिरोधी नभएको र सबै जाती, सबै भाषा, लिङ, धर्म, संस्कृती, धार्मिक सहिष्णुतासहितको सद्भाव र एकता कायम हुने गरि एकताबद्ध समाज र रास्ट्र निर्माण हुनुपर्छ भन्ने बिचार भएको पार्टी भएको सुनाउनुभयो । नेपालको संविधान आफुले भने अनुरुप नभएको भन्दै भारतले गरेको नाकाबन्दी भोग्नुपरेको बताउनुभयो । सचिव अर्यालले इतिहास सहि ढङ्गले भुझ्नु पर्ने र कसको पालामा के भयो भन्ने कुरालाई ध्यान दिन आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताका कारण आज आम जनता निराश हुनु परेको बताउँदै जसको थोरै सिट छ त्यसैको नेतृत्वमा सरकार बन्ने प्रबृत्तिले राष्ट्रलाई थप कमजोर बनाउने बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक स्थिरताका लागि दुई कित्ताको राजनीतिक ध्रुविकरण आवश्यक भएको बताउनुभयो । अर्यालले जनताका आशाहरुलाई नेकपा एमालेले कुनै हालतमा कुण्ठित हुन नदिने बताउँदै नेकपा एमालेका कार्यकर्तालाई आन्तरिक प्रतिस्पर्धा नभई एमाले बिरुद्धको मोर्चाबन्दी र घेराबन्दी जोड्ने कार्यमा एकतावद्व भएर लाग्न आग्रह गर्नुभयो ।

एमाले रुकुम पुर्वको नबौं जिल्ला अधिबेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय पोलिटब्युरो सदस्य खेममान खड्काले बिगतका दिनको समिक्षा र आगामी कार्ययोजना बनाउने यो अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको इतिहासलाई पनि कायम राख्ने बताउनुभयो । उहाँले नयाँ जोस जागरका साथ नयाँ नेतृत्व एकमन एकताका साथ बन्ने र भोलिको चुनौतीको सामना गर्न सक्ने नेतृत्व चयन हुने कुरामा जोड दिनुभयो ।

अधिबेशनमा लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले नेकपा एमालेले बिकास निर्माणदेखि गुमेको राष्ट्रको जमिन फिर्ता गराउने, रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान केन्द्रीत गराउँदै आएको बताउनुभयो । उहाँले नेकपा एमाले दलित जनता, गाउँमा बस्ने गरिब जनता, श्रमजीवी जनताको पार्टी भएको बताउँनु भएको थियो । नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी भएको र यसलाई अझ बलियो बनाउन अब बन्ने नेतृत्वको ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा रुकुम पुर्व इन्चार्ज नवीन रोका मगर, केन्द्रीय सदस्य यमुना रोका, केन्द्रीय सल्लाहकार नन्दलाल शर्मा, छिमेकी जिल्ला रोल्पा अध्यक्ष अमृत बुढा, रुकम पश्चिम अध्यक्ष नन्दराम देवकोटाले सम्बोधन गर्नु भएको थियो । बाजा गाजा र झाकीसहित रुकुमकोट बजार परिक्रमा गरि सुरु भएको अधिबेशनको उद्घाटन सचिव अर्यालले व्यानरमा हस्ताक्षर गरि बत्ती बालेर गर्नुभएको थियो ।