सिन्धुली, बैशाख १ । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी हुनुभएको छ । आठौँ अधिवेशनबाट श्रेष्ठ ४४१ मत प्राप्त गरी जिल्ला कमिटीको अध्यक्षमा विजयी हुनुभएको हो ।
श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कुमारबहादुर कार्की (रामकुमार) लाई १३७ मत अन्तरले पराजित गर्नुुभयो । पराजीत कार्कीले भने ३०४ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठ एमाले कमलामाई नगर कमिटीका अध्यक्ष हुनुहुन्छ भने कार्की निवर्तमान जिल्ला अध्यक्ष हुनुहुन्छ।
यस्तै उपाध्यक्षमा कर्णबहादुर घिसिङ पुनः बिजयी हुनुभएको छ । । उहाँले उनले खडगबहादुर रजन (धिरज) लाई ५३ मतले पछि पार्दै दोस्रो पटक उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । घिसिङले ३९४ मत प्राप्त ल्याउँदा धिरजले ३४१ मत पाउनु भएको छ ।
मुख्य निर्वाचन अधिकृत पदमबहादुर मगरका अनुसार अधिवेशनबाट सचिवमा नवराज थिङ ४०१ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नारायण बरालले ३२८ मत प्राप्त गर्नुभएको छ । बराल सातौं अधिवेशनमा सर्वसम्मत सचिवमा चयन हुनुभएको थियो ।
उपसचिव (खुलातर्फ) दिपेश बराल र महिलातर्फ पार्वती भट्टराई विजयी हुनुभएको छ । बरालले २३५ मत प्राप्त गरेर विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कुमार शर्माले १५६ मत, राजु बरालले १५१, टिकाबहादुर देवकोटाले ९७ र शंकर कुमार कार्कीले ४५ मत प्राप्त गर्नुभयो ।
यस्तै उपसचिव महिलामा भट्टराईले सर्वाधिक ४८४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँकी प्रतिद्वन्द्वी मिथुला कुमारी घिमिरेले २२० मत पाउनु भयो ।
अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शुक्रबार मतदान भएको थियो। निर्वाचनमा कुल ७८३ मतदाता रहेकोमा ७५४ जनाले मतदान गरेका थिए। यसअघि लेखा समिति संयोजकमा संजयकुमार दाहाल लगायत ३६ जना सर्वसम्मत चयन हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्