काठमाडौं, १ बैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार विहान ७ः३० बजे र संसदीय दलको बैठक सोही दिन विहान ८ः०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
सरकारले संघीय संसदको हिउदे अधिवेसन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्