जनता टाइम्स

१ बैशाख २०८१, शनिबार १६:३९

कतारविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै


काठमाडौं, १ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दैछ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै कतारले पहिला बलिङ गर्ने भएको छ ।

नेपालले एसीसी प्रिमियर कपमा पहिलो खेलमा मलेसियालाई पराजित गरेर विजयी शुरुवात गरेको छ । यस खेलको नेपालको प्लेइङ ११ रोहित पौडेल (कप्तान), आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरो, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव ।