जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १०:५४

जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणमा जे देखियो


जनकपुर, बैशाख २ । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास, वीरगंज र बीपी कोइरालाभारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्षको अवसर शनिवार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ । । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो ।

उक्त महोत्सव जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरिएको थियो । कार्यक्रम दुई सत्रमा विभाजित गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’मा महत्वपूर्ण व्याख्यान प्रस्तुत गर्नुभयो । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरुको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिवल पनि समावेश थियो ।

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान रामर सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुत गर्नुभयो । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका सुश्री मेनुका पौडेलको प्रस्तुति रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल हुनुभएको थियो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रमुख अतिथिको रुपमा महोत्सवको पहिलो सत्रको उदघाटन गर्नुभएको थियो । जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज कुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति जनाउनु भएको थियो ।

६. सो महोत्सवमा मधेश प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । साथै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । दुई देशकाकला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको थियो ।