जनता टाइम्स

२ बैशाख २०८१, आईतवार ११:००

सलमान खानको घर अगाडि गोली चल्यो


नयाँ दिल्ली, बैशाख २ । भारतीय अभिनेता सलमान खानको घर अगाडि गोली चलेको छ ।

मुम्बई प्रहरीले आइतबार बिहान करिब ५ बजे बान्द्रामा अभिनेता सलमान खानको घर बाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको बताएको छ ।  घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले तीन राउण्ड फायरिङ भएको जानकारी पाएको बिबिसीले जनाएको छ । सलमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली उपस्थित छ ।