जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १९:०८

पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौं – परराष्ट्र


काठमाडौं, २ बैशाख । नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरको छ ।

इरान र इजरायलको नाम उल्लेख नगरी परराष्ट्र मन्त्रालयले विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास गर्ने उल्लेख गर्दै बल प्रयोगको निन्दा गरेको छ ।

साथै सरकारले सम्वन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र वार्ता र कूटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्न आह्वान समेत गरेको छ । गएराती इरानले इजरायलमाथि सयौं ड्रोन र मिसाइल आक्रमण गरेको र इजरायलले ति आक्रमणलाई असफल बनाएकोले कुनै मानवीय क्षति नभएको बताइएको छ ।