जनता टाइम्स

११ आश्विन २०७६, शनिबार ०८:२३

असोज २९ गते नेकपाको चियापान


काठमाडौं, असोज ११

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, तिहार, नेपाल सम्बत् र छठको अवसरमा असोज २९ गते बृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिदै असोज २९ गते गर्न लागेको हो । नेकपाको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिनुभयो ।

नेकपाले चियापानको लागि स्थान भने छनोट गरिसकेको छैन । तर, भृकुटीमण्डपमै गर्ने गरी तयारी गरिएको छ । चियापानलाई सफल बनाउन आइतवार जनवर्गिय संगठनका प्रतिनिधिसँग छलफल गर्ने तयारी नेकपाले गरेको छ । पार्टी एकता अघि तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले छुट्टाछुट्टै रुपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका थिए ।

यसैविच, प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगरमा गर्दै आउनु भएको चियापान नवमीका दिन गर्ने तयारी गर्नुभएको छ । यद्यपी यो विषय अहिले नै तय भईनसकेको बताएको छ । नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले गृहनगरमा हरेक वर्ष चियापानको कार्यक्रम गर्दै आउनु भएको छ ।