जनता टाइम्स

११ आश्विन २०७६, शनिबार ०८:२५

पर्यटनमन्त्री योगेशको निर्णयमा विमान कम्पनीको साथ, जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट


काठमाडौँ, असोज ११  । निजी हवाई सेवा प्रदायक कम्पनीहरुले ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकलाई हवाई भाडमा ५० प्रतिशत छुट दिने भएका छन्।

७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकले हवाई भाडामा छुट पाउन सम्बन्धित वायु सेवा कम्पनीको कार्यालयमा गई आफू विपन्न भएको प्रमाणित गर्नुपर्ने वायुसेवा सञ्चालक संघले जनाएको छ।

संघको बिहीबार बसेको बैठकले ७० वर्ष माथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हवाई भाडामा छुट दिने विषयमा अध्ययन कार्यदल बनाएर अध्ययन गरिरहेको बेला वायु सेवा सञ्चालकहरुले यस्तो निर्णय गरेका हुन्। यो छुट एउटा ट्रंक सेक्टरको उडानमा दुई जनालाई र स्टल रुटमा १ जनालाई मात्रै हुनेछ। यो छुट कूल हवाई भाडामा असोज १२ गतेबाट लागू हुने संघले जनाएको छ।