जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार १९:४८

रमेश खरेलको टिप्पणी – गृहमन्त्री लामिछानेले सत्ताबाट बाहिर बसेर छानविनलाई सघाउन्


काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व नेता रमेश खरेलले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगि प्रकरणमा प्रतिवादी नबनाइनु कानुनि राज्यको उपहास भएको टिप्पणी गर्नभएको छ ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै खरेलले लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास भएको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ,गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उहाँलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो । सरकारले संवैधानिक छानविन समिति बनाई भुइमान्छेलाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन् ।’