जनता टाइम्स

५ बैशाख २०८१, बुधबार १९:००

युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा


काठमाडौं, ५ बैशाख । एसीसी प्रिमियर कपमा युएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ । समुह बि को समुह चरणको अन्तिम खेलमा युएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो । कम्बोडियाले दिएको ७७ रन्को लक्ष्य पछाएको युएईले ५.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि कम्बोडियाले पहिला ब्याटिंग गर्दै १९ ओभरमा अल आउट हुँदै ७६ रन मात्र बनाएको थियो ।

यो जितपछि युएईको ४ खेलमा ६ अंक भएको छ र अहिले शिर्ष स्थानमा उक्लिएको छ । यो जितपछि युएई सेमिफाइनलमा पुग्ने निश्चित भएको छ र अब समुह बि को विजेता उपविजेताको टुंगो भने अहिले जारी रहेको ओमान र कुवेतबीचको खेल पछि मात्र लाग्ने छ । ओमानले कुवेतलाई हराएमा युएई उपविजेता हुने छ र सेमिफाइनलमा नेपालसँग खेल्ने छ । अर्को तर्फ कुवेतले ओमानलाई पराजित गरेमा भने रनरेट निर्णायक हुने छ । समुह बी बाट बहराइन र कम्बोडिया यसअघि नै बाहिरिइसक्नुभएको छ ।