जनता टाइम्स

६ बैशाख २०८१, बिहीबार १९:०१

मन्त्रिपरिषद्को बैठकले के-के निर्णय गर्यो ?


काठमाडौं, ६ बैशाख । सरकारले केहि सहसचिवलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरु केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको हो ।

सचिवमा बढुवा भएका शर्मा राष्ट्रिय तथ्यांक कार्यालयको सचिव, महालेखापरीक्षकको कार्यालयको उपमहालेखापरीक्षकको रुपमा अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा रुपमा खरेल रहनुहुनेछ ।