जनता टाइम्स

६ बैशाख २०८१, बिहीबार २२:५०

मुख्यमन्त्री सोडारीले शपथसँगै सम्हाले कार्यभार


धनगढी, बैशाख ६ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिई कार्यभार समल्नु भएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै आज नै उहाँले प्रदेश प्रमुखबाटशपथ लिनुभएको हो । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी आज मात्र मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री भए लगत्तै प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई शपथ ग्रहण गराउनुभएको हो ।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी मुख्यमन्त्री बन्नुभएको हो । सोडारीले बिहीबार नै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गर्नुभएको छ । सोडारीलाई पनि प्रदेश प्रमुख मियाँले शपथ ग्रहण गराउनुभएको छ ।

नेकपा एमालले भने समर्थन गरे पनि तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।