जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार ०८:५०

सुदूरपश्चिममा सरकार नबन्दै धरापमा, रञ्जिताको पक्षमा अब एक सांसद मात्र


धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्री दिर्घराज सोडारीलाई आफ्नो समर्थन नरहेको घोषणा गर्नुभएको छ ।

मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुग्नुभएकी थापाले मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्कनुभएको थियो । मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि टीकाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्नुभएको हो ।

नाउपाबाट कैलाश चौधरी भने भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएको छ । उहाँले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोज्नुभएको थियो । तर थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको थियो ।